टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख बचत

पाेखरा | बैशाख ३१, २०८१

टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख बचत

पोखरा:    टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै माघ १ देखि ६ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए । 


चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आम्दानी मध्ये १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले बताए । 


उनका अनुसार सुश्री मिडिया काठमाडौंबाट १५ लाख, मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद् गण्डकीबाट ५ लाख ७५ हजार, टिकट बिक्रीबाट २२ लाख २२ हजार २ सय २२ र विभिन्न व्यक्ति, संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ आम्दानी भएको छ । 


यस्तै खर्चतर्फ सहभागी टिम व्यवस्थापनमा ३१ लाख ४२ हजार ९सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्चमा १९ लाख २४ हजार ४ सय ४०, खेलाडी पोशाक तथा सोभिनियर ट्रायाकसुट÷आयोजक ९ लाख १५ हजार ४ सय २१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३ सय १२ र अस्थायी प्याराफिट मञ्च, साउण्ड सिस्टम ८ लाख ४९ हजार १ सय ७२, प्रचारप्रसार विज्ञापन खर्च ५ लाख ५२ हजार ४ सय ९१ लगायतमा खर्च भएको आयोजकले जनाएको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना माघ १ देखि ६ गतेसम्मा सञ्चालन भएको भलिबल प्रतियोगितामा महिलातर्फ एक विदेशी क्लबसहित ६ र पुरुषतर्फ एक विदेशी क्लबसहित ६ टिमको सहभागिता रहेको थियो । 


महिलातर्फ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल हुँदा न्यू डायमण्ड महिला भलिबल टिम उपविजेता भएको थियो । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो भने, गण्डकी प्रदेश उपविजेता भएको थियो । 


टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवाको क्षेत्र, शिक्षा एवं खेलकुद अभियानमा खर्च गर्ने अध्यक्ष शर्माले बताए । 


उनले प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न छुट्टै अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत अगाडि बढाएको बताए । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्